रोट्याक्ट क्लब अफ धनगढीको आयोजनामा ६ शाखाका राेट्याक्टरलाई प्रशिक्षण
2023/08/13, 10:59
 
रोट्याक्ट क्लब अफ धनगढीको आयोजनामा  ६ शाखाका रोटेरियनलाई प्रशिक्षण

धनगढी - रोट्याक्ट क्लब अफ धनगढीको आयोजनामा क्लबका पदाधिकारीको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। शनिवार धनगढीमा क्लबको आयोजनामा रोट्याक्ट क्लबको जोन २३ अन्तरगत रहेका क्लबहरूका पदाधिकारी र सदस्यहरूको सहभागितामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 

रोट्याक्ट क्लब अफ धनगढीका अध्यक्ष रमेश चन्दको अध्यक्षता तथा  रोटरी क्लब अफ धनगढीका अध्यक्ष प्रकाश चन्द्र भट्ट प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । 

उक्त कार्यक्रममा जोन २३ अन्तरगतका ६ ओटा क्लबका पदाधिकारीको सहभागिता रहेको रोट्याक्ट क्लब अफ धनगढीका अध्यक्ष रमेश चन्दले जानकारी दिए । कार्यक्रममा रोट्याक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेज, रोट्याक्ट क्लब अफ दाङ, रोट्याक्ट क्लब अफ तुलसिपुर, रोट्याक्ट क्लब कपिलवस्तु र रोट्याक्ट क्लब अफ कपिलवस्तु मिड टाउनको सहभागिता रहेको थियो । सो कार्यक्रममा रोट्याक्ट क्लबको डिस्टिकका नीरज खनाल, रुचिन खड्का, पूजन लामिछाने र जेट आर आर जीवन रेग्मीले क्लबका पदाधिकारीहरूलाई उनीहरूले गर्नुपर्ने कार्य, जिम्मेवारीका बारेमा प्रशिक्षण दिएको चन्दले बताए ।

कार्यक्रममा रोटेरियन ठेकेन्द्र जोशी विशिष्ट आतिथ्य र अन्य व्यक्तिहरूको आतिथ्यमा कार्यक्रमको सम्पन्न भएको हो। रोट्याक्ट क्लबले विभिन्न सामाजिक कार्यमा अग्रसर भई विभिन्न काम गर्दै आएको छ ।