गर्भपतनका नाममा ओभरडोज औषधी दिएर युवती मार्ने मेरी स्टोप क्लिनिक अबैध
2023/08/14, 5:15
 
गर्भपतनका नाममा ओभरडोज औषधी दिएर युवती मार्ने मेरी स्टोप क्लिनिक अबैध

धनगढी - सेती प्रादेशिक अस्पताल नजिकै रहेको मेरी स्टोप्स सामुदायीक क्लिनिकमा गर्भपतन गराउने क्रममा धनगढी उपमहानगरपालिका–१२ जुगेडाका देव बहादुर थापाकी श्रीमती ३४ वर्षीया प्रिती थापाको मृत्यु भएपछि उक्त क्लिनिक अबैध रुपमा सञ्चालन भएको खुलेको हो । मेरी स्टोप्स ईन्टरनेशनल नेपालले धनगढीमा सञ्चालित उक्त क्लिनिकसंग मेरी स्टोप्सको कुनै सम्बन्ध र सरोकार नभएको बिज्ञप्ति मार्फत जनाएको छ । मेरी स्टोप्स ईन्टरनेशनल नेपालको बिज्ञप्ति पछि कैलालीको गोदावरी नगरपालिकाका बिनोद जोशी र उनकी पत्नी आशिका ओझाले मेरी स्टोप्स सामुदायीक क्लिनिक अबैध रुपमा सञ्चालन गरेको खुलेको हो ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडाका देव बहादुर थापाकी श्रीमती ३४ वर्षीया प्रिती थापाको धनगढीमा बिनोद जोशी र उनकी श्रीमती आशिका ओझाले सञ्चालन गरेको क्लिनिक गर्भपतन गराउने क्रममा मृत्यु भएको थियो । बुधवार साँझ ५ बजे क्लिनिकमा गएकी थापाको गर्भतपनपछि रक्तश्राव नरोकिएपछि सेती प्रादेशिक अस्पताल लगिएकी थापाको मृत्यु भएको थियो । थापाको मृत्युपछि फरार भएका क्लिनिक सञ्चालक जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।