धनगढीमा सुदूरपश्चिम प्रादेशिक डेउडा प्रतियोगिता भदौ १४ देखि हुने
2023/08/28, 11:48
 
ss

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता हुने भएको छ। भदौ १४ ,१५ र १६ गते धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा सञ्चालन गरिने डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताएका छन्।

‘भाषा, साहित्य,कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो।’ भन्ने मुल नाराका साथ २०७३ साल देखि निरन्तर गर्दै आएको र २०८० मा ८ औं पटक गरिन लागेको डेउडा प्रतिष्ठानका महासचिव तोयाप्रसाद भट्टले बताएका छन्।

डेउडा प्रतियोगितामा प्रथम हुनेलाई नगद २१ हजार,द्वितीयलाई नगद १५ हजार, तृतीयलाई नगद ९ हजार र सान्त्वनालाई नगद ५ हजारका साथै प्रमाणपत्र प्रदान गरिने छन्। हरेक दिन एक जना उत्कृष्ट डेउडियालाई नगद पुरस्कार पनि प्रदान गरिने प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन. जोशी बताएका छन्।