दोधारा-चाँदनी सुक्खा बन्दरगाहको डीपीआर ड्राफ्ट पठायो भारतले, निर्माणमा ६ अर्ब लाग्ने
2023/08/30, 1:37
 
dd

कञ्चनपुरस्थीत दोधारा(-चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि भारतले नेपाललाई डीपीआर ड्राफ्ट पठाएको छ। कञ्चनपुरको दोधारा चाँदनीमा बन्न लागेको सुक्खा बन्दरगाह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआरको मस्यौदा भारतले नेपाललाई पठाएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल जेठ तेस्रो साता भारत भ्रमण गएका बेला प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा यो परियोजना सुरु भएको घोषणा गरेका थिए। त्यसपछि परियोजनाको डीपीआरको तयारी थालिएको हो। भारतले निर्माण गरिदिने भनेको परियोजनाको डीपीआर बनाउने काम गरिरहेको जनाएको छ ।

परियोजनाका इन्जिनियर अनिष केसीले भारतले पठाएको डीपीआरको मस्यौदा अनुसार बन्दरगाह निर्माणमा भारु ३ अर्ब ५७ करोड९५ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ० लाग्ने बताए। तर डीपीआरले अन्तिम रुप पाइनसकेकाले लागत र डिजाइन परिवर्तन हुन सक्ने सम्भावना रहेको जानकारी दिए । परियोजनाबारे केहीअघि सहरी विकास मन्त्रालयसँग छलफल भएको र डीपीआरको मस्यौदामा हालको डिजाइन नेपालगन्जको आईसीपीको जस्तै रहेको केसीको भनाई छ ।