समाजवादी मोर्चाको धनगढी सभा स्थगित
2023/08/30, 1:43
 
ss

चार दल सम्मिलित समाजवादी मोर्चाको धनगढीमा आज हुने भनिएको सन्देश सभा स्थगित भएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को आज औपचारिक कार्यान्वयन हुने भएकाले सो सभा स्थगित गरिएको जनाइएको छ ।

एमसीसी परियोजनाका बारेमा समाजवादी मोर्चाको एउटै सभाबाट भिन्नभिन्न विचार आएपछि आजको सभा स्थगित गरिएको बुझिएको छ । सन्देश सभामा एमसीसी परियोजनाका बारेमा केही न केही नेताले बोल्ने र सो सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि ‘साक्षी’ हुने भए पछि कूटनीतिक असर पर्ने भन्दै सभा स्थगित गरिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए । 

मोर्चाले सातवटै प्रदेशमा सन्देश सभा गर्ने पूर्व घोषणा अनुरूप आज सुदूरपश्चिम प्रदेशको धनगढीमा सभा आयोजनाको तयारी गरिएको थियो । स्थगित सन्देश सभा कहिले हुन्छ भन्ने बारेमा केही जानकारी गराइएको छैन ।