गोदावरीबाट झन्डै ५ लाख स्रोत नखुलेको भारु बरामद
2023/09/01, 1:13
 
ss

कैलालीको गोदावरी बाट झन्डै ५ लाख स्रोत नखुलेको भारु सहित एक जना पक्राउ परेका छन । बिहीबार ९आज० दिउँसो १ बजेको समयमा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरिक्षिक रबिन्द्र सिंह कार्कीको कमाण्डमा सादा पोषाकमा खटिएको प्रहरी टोलीले वडा नम्बर १ बनखेत बस्ने ३५ बर्षिया रमेश बहादुर तिरूवालाई पक्राउ गरेको हो ।

तिरुवाको घरको कोठा भित्र स्ल्याबमा राखेको श्रोत नखुलेको भारतिय रूपया ४ लाख ७४ हजार पाँच सय समेत बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले शंका लागी चेकजाँच गर्दा उनको शरिर र घर भित्र ग्यालरी को भित्तामा रहेको प्वालमा सुपर पावर नामक सुर्तीको कभरमा लुकाई छिपाई राखेको कालो प्लाष्टिक भित्र १७ पोका खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र कालो प्लाष्टिक भित्र १ वटा पोकामा सेतो धुलो पदार्थ समेत गरी  २ ग्राम १९० मिलिग्राम समेत बरामद गरेको छ ।

यस्तै उनकै तिरुवालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । केही समय यता ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले लागु औषध र अन्य अबैध कृयाकलापको निगरानीमा कडाई गरेका छन । उनले सुचना पाउना साथ यस्ता कृयाकलाप नियन्त्रण गर्न प्रहरी परिचालन गर्ने गरेका छन । यस क्षेत्रमा प्रहरीले लागु औषध दैनिक जसो नै बरामद हुने  गरेको छ ।