बझाङमा जंगली च्याउ खाँदा एक बालिकासहित २ जनाको मृत्यु
2023/09/01, 1:15
 
ss

बझाङमा जङ्गली च्याउ खाँदा एक बालिकासहित २ जनाको मृत्यु भएको छ। बझाङको जयपृथ्वी नगरपालिका–६ नौरामा जङ्गली विषालु च्याउ खाँदा स्थानीय सात वर्षिया एञ्जिला कठायत र १२ वर्षीय सुदीप कठायतको बिहीवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

बुधबार बेलुका जङ्गली च्याउको तरकारी खाँदा स्थानिय लक्ष्मण कठायतका श्रीमती एक छोरा र एक छोरी सहित तिन जना गम्भिर बिरामी भएका थिए। गम्भिर बिरामि भएकि सञ्जिलालाई बुधबार राती नै उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो। उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएकोमा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।

यस्तै बिहीवार राति  १२ वर्षिय सुदिपको उपचार जिल्ला अस्पतालमा सम्भब नभएपछि थप उपचारको लागि धनगढी ल्याउदै गर्दा डडेल्धुरामा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। आमा पुनी कठायतको अवस्था सामान्य भएकोले जिल्ला अस्पतालमै उपचार भैरहेको छ।आमाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।