कैलालीको गोदावरी वन अतिक्रमणमा मजदुरलाई कारबाही, मालिकलाई उन्मुक्ती
2023/09/01, 1:16
 
dd

भदौ १३ गते कैलालीको एक सामुदायिक वन भित्र वडा भवन निर्माणमा खटिएका ६ मजदुर पक्राउ परे। वन कार्यालयले कैलालीको गोदावरी वडा नं ४ वसन्तपुरस्थित खैराना महिला सामुदायिक वनको जग्गामा ४ नं वडा कार्यालय भवन निर्माणमा खटिएका ६ मजदुरलाई वनको टोलीले नियन्त्रणमा लिएको हो।

सामुदायिक वनभित्र गोदावरी नगरपालिका वडा नं ४ को भवन निर्माणमा काम गरिरहेका गोदावरी नपा ६ का कज्जु चौधरी, गौरव चौधरी, दिपक चौधरी, विशाल चौधरी र बुझाइने चौधरीलाई वन कार्यालयले पक्राउ गरेको हो। अत्तरीया वन सवडिभिजनका प्रमुख निरन्जन पडालले जंगलभित्र भवन निर्माण बन्द गर्न सामुदायिक वनलाई पत्राचार गर्दा पनि अटेर गरी निर्माण जारी राखेपछि पक्राउ गरिएको हो।

सामुदायिक वनमा संस्थागत ढंगले वन अतिक्रमण गरी सरकारी, राजनीतिक दलका पार्टी कार्यालयदेखि गैरसरकारी संघ संस्थाका कार्यालयलगायतको नाममा अतिक्रमण भइरहेको देखिएको छ । सवडिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरञ्जन कडालले जंगलभित्र भौतिक संरचना निर्माणको काम बन्द गर्न सामुदायिक वनलाई पत्राचार गरेको बताए । काम बन्द भएपनी पुनः काम सुरु गरेको पाइएपछि संलग्नहरुलाई पक्राउ गरेको उनले बताए । उनले

मालिक भन्दा मजदुरलाई पक्राउ गरिएको जिज्ञासामा उनले स्वीकार गर्दै सबै पक्षसँग छलफल गरेर छोड्ने भन्ने भइरहेको बताए। उनीहरुलाई पहिले पनि यहाँ वनमा काम नगर्नू भनेर सम्झाएपनी अहिले नगर्नुपर्ने बताए। कुनै पनि बहानामा राष्ट्रिय एवं सामुदायिक वनभित्र कसैले पनि भौतिक संरचना बनाउन नपाइने व्यवस्थाअनुसार आफूहरु लागेको उनले बताएका छन्। वन सवडिभिजनका प्रमुख निरन्जन पडालले यसअघि राति जंगलभित्र वडा भवनको जग हाल्ने काम भएको बताए ।

उनले जंगलभित्र वडा भवनको जग हाल्ने काम भएको जानकारी पाउनेबित्तिकै सामुदायिक वनलाई पत्राचार गरिएको बताए। गोदावरी नगरपालिकाले सर्वदलीय सर्वपक्षीय भेला गरी सामुदायिक वनभित्र वडा भवन बनाउने निर्णय गरेको थियो । नगरपालिकाले एक करोड ३५ लाखमा टेण्डर नै आहृवान गरी भवन निर्माण सुरु गरेको थियो। १ करोड ३५ लाखमा आहृवान गरिएको टेण्ड ८६ लाखमा सदर गरी भवन निर्माण सुरु भएको हो। राजनैतिक दबाबमा नगरपालिकाले जबर्जस्ती जंगलभित्र भवन निर्माण सुरु गरेपछि स्थानीय उपभोक्ताहरुले विरोध जनाएका थिए ।

वन कार्यालयले भवन बनाउन लगाउने नगरपालिका, वडासँग पत्राचार भने नगरेको बताइएको छ। प्रमुख कडालले स्थानीय स्तरमा वनको जग्गा प्रयोगसम्बन्धी गरिएका सबैखाले निर्णय विद्यमान वन ऐन र कानुनअनुसार अवैध हुने भनाई राखे । उनले वनभित्र भौतिक संरचना बनाउने भनेर सर्वपक्षीय र सर्वदलीय भेलाले गरेको निर्णयलाई वन कानुन सबैलाई बराबर हुने जानकारी दिए । नगरपालिका र वडा कार्यालयका प्रमुख तथा जनप्रतिनिधिलाई छाडेर काम गर्ने मजदुरलाई पक्राउ गरेपछि विरोधको आवाज उठ्न थालेको छ । गोदावरी नगरपालिकाले वडा कार्यालय मात्रै नभई एकीकृत कृषि तथा पशुसेवा केन्द्र पनि वन मासेरै निर्माण अगाडि बढाएको छ ।

भदौ १३ गते नै वडा नम्बर १ को चाहना सामुदायिक वनको जग्गामा एकीकृत कृषि तथा पशुसेवा केन्द्रको नगरप्रमुख वीरेन्द्र भट्टले सो भवनको शिलान्यास गरेका छन् । यसलाई वन कार्यालय पूर्णतया गैरकानूनी भएको बताएको छ । यसको काम अगाडि नबढाउन भनिसकेको प्रमुख कडालले बताए ।२०८१ असार मसान्तसम्म निर्माण कार्य सक्ने गरी काठमाडौँको सिनरजित विल्डर्स प्रालिसँग सम्झौता भएको हो । २ करोड ६ लाख ८५ हजारमा भवन निर्माण भइरहेको हो । जुन २ तले तथा १४ कोठे बन्नेछ । संस्थागत रुपमा वन अतिक्रमण भइरहेकोले नियन्त्रणमा निकै चुनौती रहेको वनका अधिकारीहरुको भनाइ छ । कडालका अनुसार वन क्षेत्रमा वडा कार्यालय, पशु कार्यालयलगायत अन्य कार्यालयको पनि संरचना छ ।

यसमा जिम्मेवार निकाय नगरपालिका नै संलग्न रहेको बताए । यस्मा अतिक्रमण हुन नदिइने उनले बताए । गत वैशाखमा वनको टोलीले त्यहाँस्थित सुकुमबासी र भूमिहीनको टहरालाई डोजर प्रयोग गरी हटाइरहँदा त्यसको भोलिपल्ट वन क्षेत्रमै नेपाली कांग्रेसले वैशाख १९ गते गोदावरी–१ स्थित सुरक्षा महिला सामुदायिक वनभित्र वीपी स्मृति भवनको शिलान्यास गरेको थियो । यता नगर प्रमुख भट्टले सरकारी खाली जग्गामा सरकारी भवन बनाउँदा वनले देखाएको सक्रियता जनविरोधी रहेको बताए । उनले खाली जग्गामा वडा कार्यालय भवन पनि वडालाई पायक पर्ने ठाउँमा बनाइरहेको बताए। नगरवासीको सुविधाको लागी बनाइएको र बजेट कार्यक्रम ल्याउँदा अवरोध गर्नु राम्रो नहुने बताए ।