कैलाली र कञ्चनपुरमा फेरि गर्मी बढेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहे पनि कैलाली र कञ्चनपुरमा वर्षा नहुँदा गर्मी बढेको हो।
मौसम पूर्वानुमान प्रणाली वेदर डटकमका अनुसार आज यी २ जिल्लाको तापक्रम ३३ डिग्री रहेपनि सापेक्षिक आद्रता हावामा पानीको मात्रा ८५ प्रतिशतभन्दा धेरै रहेकोले गर्मी बढेको हो।आगामी ३ दिन यी २ जिल्लामा वर्षाको सम्भावना अत्यन्त न्यून रहेको सो प्रणालीले देखाएको छ । शुक्रबार र शनिबार कैलाली र कञ्चनपुरको अधिकतम तापक्रम ३४ डिग्री पुग्ने प्रक्षेपण गरिएको छ।
सुदूरपश्चिमका केही पहाडी जिल्लाका थोरै ठाउँमा भने आज हल्का वर्षाको सम्भवना छ । बाजुरा, बैतडी, दार्चूला र डडेल्धुरामा आज राति थोरै स्थानमा छिटपुट वर्षा हुने सो प्रणालीको अनुमान छ । पहाडी जिल्लाहरुमा भोलि वर्षाको सम्भावना अत्यन्त न्यून रहे पनि पर्सी शनिबार केही स्थानमा वर्षा हुन सक्ने अनुमान छ ।