सुदूरपश्चिममा डेंगु संक्रमण तिब्र रुपमा फैलिंदै, एक महिनामै २८५ संक्रमित
2023/09/05, 2:00
 
ss

सुदूरपश्चिममा डेंगु संक्रमण तिब्र रुपमा फैलिरहेको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार पुस–माघयताका ७ महिनामा ३ सय ७५ जनामा संक्रमण देखिएकोमा साउन १५ देखि भदौ १५ को अवधिमा मात्रै २ सय ८५ जना संक्रमित भएका छन् । पछिल्लो १ महिनामा कञ्चनपुर र दार्चुलामा २ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएका छन् । १५ साउनसम्म प्रदेशमा सबैभन्दा धेरै संक्रमण दार्चुलामा देखिएकोमा त्यसयता कैलाली प्रदेशकै नम्बर एक संक्रमण भएको जिल्ला बनेको छ ।

कैलालीमा १ महिनाको अवधिमा मात्रै १ सय ९० जना संक्रमित भएका छन् । सो जिल्ला डेंगु संक्रमणका दृष्टिले देशको १०औं जिल्ला बनेको छ । दार्चुला अझै पनि मुलुकको ११औं जिल्लामा रहेको छ । दार्चुलामा १ महिनाको अवधिमा ३ जना मात्रै संक्रमित भेटिए पनि पछिल्लो ८ महिनामा त्यहाँ कूल १ सय ९४ जना संक्रमित भइसकेका छन् ।

कञ्चनपुरमा पनि संक्रमण बढेको छ । पछिल्लो १ महिनामा कञ्चनपुरमा ६२ जना संक्रमित भएका छन् । अछाममा सो अवधिमा २१ जना विरामी भेटिएका छन् । वैतडीमा भने पछिल्लो १ महिनामा एकजना पनि संक्रमिट भेटिएन । सो अवधिमा डोटीमा १४, बझाङमा ६ डडेल्धुरामा ८ र बाजुरामा २८ जना डेंगु संक्रमित भेटिएका निर्देशनालयका फोकल पर्सन हेमराज जोशीले बताएका छन् ।