दार्चुलामा गौरापर्व हेर्न गएका युवा कुटिएपछि.......
2023/09/10, 12:58
 
ss

दार्चुलामा गौरापर्व हेर्न गएका युवा कुटिएका छन्। जिल्लाको मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका २१ वर्षीय दिनेशसिंह धामी कुटिएका हुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनीहरूको होटेलमा झगडा भएको खुलेको छ।

मालिकार्जुन मन्दिर नजिकैको चैतलीचोर बजारमा रहेको होटलबाट बाहिर निस्किने क्रममा धामीलाई एक समूहले आक्रमण गरेको हो। धामीको टाउको, अनुहार लगायतका विभिन्न भागमा चोट लागेको छ। उनले गोकुलेश्वर प्रहरीमा ठाडो निवेदन दिएका छन्। प्रहरीले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

शैल्यशिखर नगरपालिकाका पुर्व मेयर अमरसिंह धामीको उक्त घटनामा संलग्नता रहेको पीडितको आरोप छ। कुटपिटमा संलनहरू पूर्व मेयरकै गाडीमा आएमा थिए। उनीहरू घटनापछि उनकै गाडीबाट भागेका थिए। घटनास्थलमा उपस्थित अन्य महिलाहरूले होहल्ला गरेपटि उनीहरू भागेका थिए।

टाउकोमा र चोट लागेर गम्भीर घाइते भएका दिनेशलाई थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ। गौराको सुरक्षामा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्स्पेक्टर मान सिंह ऐरीको टोली थियो।