भाइरल ज्वरोका बिरामीको संख्या बढ्यो
2023/09/13, 1:51
 
dd

कैलालीको गोदावरीमा ज्वरो आउने र रुघाखोकीका बिरामी बढेका छन् । कैलालीको गोदावरीमा ज्वरो आउने र रुघाखोकीका बिरामीको सङ्ख्या बढेपछि अस्पताल तथा स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढेको छ।

गोदावरी नगरपालिकामा रहेको मालाखेती अस्पतालमा हाल ज्वरो रुघाखोकीका बिरामी बढेको अस्पतालका एमडीजीपी डाक्टर अन्वेष कोईरालाले बताए । उनले पछिल्लो केही दिन यता बिरामीको संख्या दोब्बरले बढेको बताए। ‘अहिले भाइरलको सिजन भएकोले अस्पतालमा बिरामीको चाप बढेको छ’ उनले भने ‘ ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, रुघाखोकीका बिरामी बढेका छन ।’

उनले यस्तो समस्या बच्चा देखि बुढा सम्म सबैमा देखिएको बताए । उनका अनुसार हाल अस्पतालमा दैनिक साढे ३ सयको संख्यामा बिरामी आउने गरेका छन । अस्पतालमा हाल डाक्टरले बिरामी चेकजाँच गर्दै आएका छन्। भाइरल ज्वरो आएका बिरामीले नआत्तिन, झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइ लगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।