डेंगु संक्रमण बढ्दा सुदुरपश्चिमका स्थानीय तह निष्क्रिय बन्दै
2023/09/13, 1:59
 
ss

सुदुरपश्चिमका स्थानीय तह डेंगु संक्रमण बढ्दा निष्क्रिय बन्न थालेका छन्। सुदूरपश्चिम प्रदेशका जिल्लामा डेंगु संक्रमण सुरुवातका बेला सक्रियता बढाएका स्थानिय तहहले संक्रमण बढ्दाका बेला निष्क्रिय बन्न थालेका हुन्।

डेंगु संक्रमणको सुरुवातमा स्थानीय तहहरूले रोग नियन्त्रणका लागी लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने अभियान नै चलाएपनी त्यो कार्य सुस्त रहेको पाइएको छ । यस्तै घर वरपर रहेको टिनको बट्टा, प्लास्टिक, गमला, टायरलगायतमा लामो समयदेखि जमेको पानीमा लामखुट्टेको लार्भा बाँच्ने गरेकाले यस्तो ठाउँमा जमेको पानी फाल्न आवश्यक रहेको सुझाब दिइएको थियो । तर

सुदूरपश्चिमका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा डेंगु संक्रमण बढ्दै गएको पाइएको छ । तर स्थानीय तहहरूले रोग नियन्त्रणमा सक्रियता नदेखाएको र डेंगु नियन्त्रणमा ध्यान नदिँएकाले संक्रमण झनै बढ्दै चिन्ता ब्यक्त गरिएको छ। जुलाईसम्म कैलालीमा डेंगुका बिरामीको संख्या १६ रहेकोमा अगस्टमा १६९ र सेप्टेम्बरको ११ सम्म ८२ जना संक्रमित थपिएका छन्। योसँगै कैलालीमा डेंगुका बिरामीको संख्या २७७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै कञ्चनपुरमा जुलाइसम्म २३ जना संक्रमित रहेकोमा अगस्टमा ५८ र सेप्टेम्बरमा १६ जना थपिएर बिरामी संख्या ९७ पुगेको छ।डेंगु संक्रमणमा बढी हुने दरमा प्रदेशमा पहिलो र देशभरमा दसौं स्थानमा कैलाली रहेको छ। महामारी तथा किटजन्य महाशाखाका अनुसार अहिले सुदूरपश्चिममा डेंगु संक्रमणको दर ७३२ पुगेको छ।देशभर डेंगु संक्रमण २४ हजार आठ सय ४२ रहेकोमा सुदूरपश्चिम प्रदेशमा कुल संक्रमितको प्रतिशत २।९ प्रतिशत रहेको छ। प्रदेशमा डेंगु संक्रमण बढी रहने दोस्रो स्थानमा दार्चुला रहेको छ।

सो जिल्लामा संक्रमित १९३ रहेको छ भने तेस्रोमा कञ्चनपुर छ।हिमाली जिल्ला बाजुरामा ३२ र बझाङमा १२ जनामा डेंगु संक्रमण रहेको छ। पहाडी चार जिल्ला बैतडीमा ६,डडेल्धुरामा १०, डोटीमा १९ र अछाममा ५२ जनामा संक्रमण देखिएको छ।हालसम्ममा डेंगु संक्रमणका कारण दार्चुला, कैलाली र कञ्चनपुरमा गरी तीन जनाको मृत्यु भइसकेको छ। तर त्यो स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छैन। निर्देशनालयले नियमित जारी गर्ने तथ्यांकमा भनिएको छ, ‘हालसम्म डेंगु संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छैन।

’ अघिल्लो वर्ष सुदूरपश्चिममा डेंगुका कारण ४ जनाको मृत्यु भएको थियो। डेंगु संक्रमण बढ्दै गए पनि स्थानीय तहले ध्यान नदिन नसकेको नोभा अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रामचन्द्र पौडेलले बताए। उनले भने, ‘सडक, गमला, टायरलगायतमा जथाभाबी फालिएका पानी जम्ने सामाग्रीका कारण डेंगु फैलाउने अण्डकोषहरूको निर्माण भइरहेको छ। तर, स्थानीय तहहरूले त्यसमा ध्यान दिएका छैनन्।’ उनले डेंगु संक्रमण देखिँदा स्थानीय तहहरूले खोज तथा नष्ट अभियान गरे पनि संक्रमण दर बढ्ने समयमा कुनै पनि गतिविधि गरेको नपाइएको बताए।

स्थानीय तहको सक्रिय भए तराईमा डेंगु संक्रमण बढ्ने दरमा नियन्त्रण गर्न सकिने उनले बताए। डेंगु नियन्त्रणमा तीन तहकै सरकारको सक्रियता आवश्यक छ। विशेषत स्थानीय तह बढी लाग्नुपर्ने देखिएको उनले बताए ।एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट मान्छेमा डेंगु रोग लाग्ने गर्दछ। यो प्रजातिको लामखुट्टेको लार्भा लामो समयसम्म पानी जमिरहने ठाउँमा हुर्कने गरेकाले त्यस्तो ठाउँमा हरेक हप्ता सरसफाइ गर्ने कार्य गर्नुका साथै निर्देशनालयले राति, बिहान र दिउँसो सक्रिय हुने किट र तिनीहरुका प्रत्येक घन्टाका गतिविधि केलाउँदै आएको निर्देशनालयका सूचना अधिकारी हेमराज जोशीले बताएका छन् ।