मनमोहनको पालाको योजना शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जाँदै
2021/02/22, 11:49

मनमोहन अधिकारीका पालामा घोषणा भएको औद्योगिक क्षेत्रको शिलान्यास गर्न कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर जाँदै छन् । सोमबार कञ्चनपुरस्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर जान लागेका हुन् । बिहान साढे ११ बजे शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

कञ्चनपुरको वेदकोट-२ र ३ मा स्थापना हुन दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासको औपचारिक समारोह भने वेदकोट-२ स्थित झरना खेल मैदानमा राखिएको छ ।
२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा दैजी छेलामा औद्योगिक क्षेत्र बनाउने घोषणा भए पनि निकुञ्जको क्षेत्रभित्र पर्ने भन्दै काम सुरू भएको थिएन ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/04, 10:09
2021/02/22, 11:49
2021/09/22, 2:11
2023/02/01, 12:05