कैलाली र कञ्चनपुरमा भन्सार छलिका सामान बरामद
2023/09/17, 7:18
 
ss

कैलालीमा अबैध रुपमा भन्सार छलि गरी ल्याएका सामान बरामद भएका छन् । जिल्लाका बिभिन्न स्थानहरु, टिकापुर नपा  ७ सोनाफाटाबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी मुल्य रु २०,८५०।– बराबरको सुर्ती,बिडी,लेडिज सुट लगायतका सामानहरु र टिकापुर न।पा। १ लम्कीपुल नजिकबाट अन्दाजी मुल्य रु९,०००।– बराबरको चिनी शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको बताएको छ ।

यस्तै कञ्चनपुर जिल्लाका बिभिन्न स्थानहरुबाट  बेलौरी न।पा। १बैजुडाडाबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी मुल्य रु।५९,४००।– बराबरको चिनी,चना,बिडी,खानेतेल लगायतका सामानहरु र बेलौरी न।पा। १ फटैयाबाट अबैध रुपमा भारतरबाट नेपाल तर्फ ल्याएका अन्दाजी मुल्य रु।१२,३००।– बराबरको बोईलर कुखुरा,पेय पदार्थ ९डिउ० लगायतका सामानहरु शनिबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।