कैलालीको अत्तरियामा रोकिएको विषादी परिक्षण सेवा सुचारु
2023/09/17, 7:28
 
ss

कैलालीको अत्तरियामा रोकिएको विषादी परिक्षण सेवा सुचारु भएको छ। कृर्षि तथा पशुपन्छी बिकास मन्त्रालय अन्तरगत कैलालीको अत्तरियास्थीत विषादी अवशेष द्रुत विश्लेषण इकाई कार्यालयमा किट सकिएपछि रोकिएको विषादी परिक्षण सेवा सुचारु भएको हो।

साउन १३ गते देखि किट सकिएपछि विषादी परिक्षण सेवा रोकिएको थियो। बुधबार भदौ २७ गते किट आएपछि सेवा सुचारु भएको कार्यालयले जनाएको छ। कार्यालयका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बिहीबार बिदा भएकाले शुक्रबार देखि मात्रै परिक्षण सुरु गरिएको जानकारी दिए।

उनका अनुसार शुक्रबार र आइतबार गरी १० वटा तरकारी र फलफूलका नमूनामा विषादी परिक्षण गरिएका छन्। परिक्षण गरिएका नमूना खान योग्य नै रहेको उनले बताए ।कार्यालयले गत आर्थिक वर्षमा २ हजार ५३२ तरकारी फलफूलका नमूनाको विषादी परिक्षण गरेको थियो। जसमा ८ नमूनामा ग्रीन र येलो लेबलको विषादीको मात्रा भेटिएकाको थियो भने १३ नमूनामा प्रयोग नै गर्न नमिल्ने विषादीको मात्रा भेटिएको थियो।