सेती प्रादेशिक अस्पताल सुधार हुँदैछ, यस्मा सबैको सहयोग आवश्यक छः अध्यक्ष शाह
2023/11/04, 9:00
 
ss

सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह निर्मलले अस्पतालको सेवा सुधारमा लागेको र यस्का लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन्। सेती प्रादेशीक अस्पताल ब्यबस्थापन समितिको आयोजनामा चाडपर्वको शुभकामनासहित अस्पतालको समसामयिक अवस्था र सुझाबबारे अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

‘हाम्रो उदेश्य भनेको अस्पताल राम्रो बनाउँने नै हो, सेवा सुधारका लागि सबैको सकरात्मक सुझाव र सहयोगको आवश्यक छ, अध्यक्ष शाहले भने ‘केही नकरात्मक कुरा हुन सक्छन्,आलोचनात्मक सुझावको अपेक्षा गरेको छु’।अध्यक्ष शाहले सकरात्मक आलोचनाले मान्छेलाई थप जिम्मेवार बनाउने र अस्पतालको सेवा सुधारका लागि सञ्चारकर्मीहबाट सकरात्मक सुझावको अपेक्षा गरेको बताए । पत्रकारहरुबाट आएका सकरात्मक सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउँदै उनले पहिलेभन्दा अहिले सेती अस्पतालको सेवा विस्तार,सुधारमा धेरै काम भएको भएपनि जनतामा बुझाउन नसकिएकोे बताए।

‘पोजेटिभ कुरा पनी लेख्नु प¥यो,नेगेटिभ लेखेर केही हुँदैन्,सत्यतथ्य बुझेर लेख्दा राम्रो हुन्छ’ उनले भने । ‘सेवा प्रवाहमा केही समस्या छ,सोचेजस्तो उपचार नभएको हुनसक्छ,सेवा प्रवाह,सेवा विस्तारमा पहिले भन्दा धेरै सुधार भएको छ,अस्पताललाई विश्वास गर्ने,नगर्ने कुरा व्यक्तिमा भर पर्ने कुरा हो’ उनले भने । यस्तै पत्रकार दिल बहादुर छत्याल र जगत साउँदले अस्पतालमा बिरामीले पालो पर्खिनुपर्ने, खोजेको औषधी नभेटिने, डाक्टर नभेटिने जस्ता सहज उपचार नपाउने समस्या कायमै रहेकाले यस्लाई सुधार गर्नुपर्ने सुझाब दिएका थिए । प्रदेशको रेफरल र सरकारी अस्पताल भएकोले बिरामीले निशुल्क उपचार पाउनुपर्ने र अन्य अस्पताल भन्दा बिरामीको सेती अस्पतालप्रति बिश्वास कायम गराउनुपर्ने उनीहरुको जोड छ।


कार्यक्रममा अस्पतालका निमित्त मेसु डाक्टर शेरबहादुर कमरले सीमित साधन स्रोतका बीच अस्पतालले सेवा प्रवाह गरिरहेको बताए । मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेर बहादुर कमरले पहिला भन्दा अहिले सेती प्रादेशिक अस्पताल निकै सुधार भएको भन्दै अझ ब्यवस्थीत भैरहेको बताए । यस्मा अस्पताल ब्यवस्थापन समिती सँगको समन्वयमा डक्टरहरुको सल्लाह सुझाव अनुसार प्रदेश सरकारसँग छलफल भैरहेको उनले बताए । नेपाल सरकारबाट ५० र विकास समितिबाट ७५ गरेर सेती प्रादेशिक अस्पताल १२५ शय्याको स्वीकृत छ। तर, अस्पताल दुई सय ४५ शय्यामा सञ्चालन भइरहेको अस्पतालका निमित्त मेसु डाक्टर कमरले बताए ।

त्यस्तै अस्पतालमा १५ वटा विभाग र २४ वटा सर्विस युनिट रहेको उनले जानकारी दिए । त्यस्तै अस्पतालमा १७ बेड डायलासिस सेवा पनि सञ्चालनमा रहेको उनको भनाइ छ । सेतीको आकस्मिक कक्षमा २०, मेडिसिनमा ३६, आइसोलेसनमा चार, शल्यक्रियामा ४३, शल्यक्रियापछि बिरामी राख्न पाँच, बाल वार्डमा ३०, स्त्री तथा प्रसूतिमा ६०, प्रसूतिमा १५, सघन उपचार कक्षमा ९आइसीयू० मा १५, एचडीयूमा चार, एनआईसीयूमा ९, एनआरएचमा १०, हेमो डाइलासिसमा १७, एक विशिष्ट कक्षमा एक शय्या र ६० कोरोना अस्पतालका शय्याहरू छन्।

पछिल्लो ३ बर्षमा २ लाख ३५ हजार ३१८ जना ओपिडीका बिरामी सेवा लिएका छन् । यस्तै ३६ हजार २१० जनाले इमरजेन्सी सेवा, ७ हजार ८१ जनाले डेलिभरी सेवा, १ हजार ५ सय ५९ जनाले सिएस केश, एसएसयु सेवा २० हजार ३ सय १८ जनाले, १सय ९१ जनाले डायलासिस् सेवा, ३ हजार ९ सय ७८ जनाले फिजीयोथेरापी सेवा, ७ हजार ३ सय ७४ जनाले दन्त सेवा लिएका छन् । यस्तै ४० हजार ८ सय १९ जनाले स्वास्थ्य विमा र यस्तै १८ हजार ३ सय ३१ जनाले अन्य बिरामी सेवा लिएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमरले बताएका छन् । उनले आगामी दिनमा अस्पताललाई थप ब्यवस्थीत गर्न अस्पतालको वेबसाईड बनाउने, इएचएस तथा सर्जरी, नयाँ भवनबाट सेवा बिस्तार गर्ने, अस्पताललाई सेवा बिस्तार गर्ने योजना रहेको बताए।