सेनाको हेलिकप्टरद्धारा पहिरो प्रभावितका लागि राहत सामाग्री बझाङ पुग्यो 
2020/07/04, 8:18
 
pahiro

पहिरो प्रभावितका लागि राहत सामाग्री लिएर नेपाली सेनाको हेलिकप्टर बझाङ पुगेको छ । संघ र प्रदेश सरकारले पठाएको खाद्यान्न र  लत्ताकपडा लगायतका सामग्री लिएर सेनाको हेलिकप्टर सदरमुकाम चैनपुर पुगेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।

चैनपुरबाट सामान गाडी मार्फत् प्रभावित क्षेत्रमा लगिने उनले बताए । बझाङमा पहिरोमा पुरिएका ७ जनाकै  शव फेला परेको छ । केदारस्युँ गाउँपालिकाको वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा ७ जना पुरिएका थिए ।