एकैपटक सुदूरपश्चिमका तीन सचिवको सरुवा
2023/11/27, 2:22
 
w

एकैपटक सुदूरपश्चिमका तीन सचिवको सरुवा गरिएको छ। मन्त्रिपरिषदको ७ मंसिरमा बसेको बैठकको निर्णयअनुसार सरकारले ७१ जना सहसचिवहरुको सरुवा गरेको हो। सूची अनुसार सुदूरपश्चिममा कार्यरत तीन जना सचिवको पनि सरुवा भएको छ।

सरकारले करिब एकैपटक संघ, प्रदेश र स्थानीय तहमा ठूलो संख्यामा सहसचिव हेरफेर गरेको छ । सुदूरपश्चिम भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव प्रेमदत्त भट्टको शहरी विकास मन्त्रालयमा सरुवा भएको छ। उनको ठाउँमा खानेपानी मन्त्रालयमा कार्यरत सुरत कुमार बम आउन लागेका छन्। यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वैकुण्ठ निधी शर्माको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ। उनको ठाउँमा शर्माको सुरुवा भएको मन्त्रालयबाट शुशिल वैद्य आउन लागेका छन्।

यस्तै सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालको प्रदेश निती तथा योजना आयोग, बागमती प्रदेशमा सरुवा भएको छ । उनको ठाउँमा कसैलाई पनि पठाइएको छैन । यसैगरी सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शिवराम पोखरेल सचिव भएर आउने भएका छन् ।

एक महिनाअघि नै संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रालयले ५५ जना सचिवको सरुवाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । तर, मन्त्रीहरुबीचको मतभेद र कर्मचारीहरुको स्वार्थका कारण सरुवाको सूचीलाई अन्तिम रुप दिन सरकारलाई सरकारलाई सकस परेको थियो । यसपटक संघीय मामिला मन्त्रालयले प्रदेशमा बढी समय बिताइएकाहरुलाई संघमा ल्याउन र संघमा धेरै सयम काम गरेकालाई प्रदेशमा पठाउनुपर्ने अडान लिँदा निर्णय गर्न ढिलाइ भएको थियो।

को–को भए कहाँ सरुवा ?

1