
पक्राउ परेका धनगढीका शेख मुनिर अहमदलाई प्रहरी म्याद थप गरेको छ । धनगढीका भोजराज बिकले आर्थिक लेनदेनका आधारमा जाहेरी दर्ता गरेपछि प्रहरीले सार्बजनिक मुद्धा अन्तरगत कार्वाही अघाडी बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शेख मुनिरलाई थप थुनेर अनसन्धान प्रकृया अगाडी बढाएको छ । प्रहरीका अनुसार उनी विरुद्ध दर्जनौं मुद्दाहरु जिप्रका कैलालीमा दर्ता भएका छन्। उनी विरुद्ध प्रहरीमा कब्जा, ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर,अभद्र व्यवहार लगायतका मुद्दा रहेको बताइएको छ ।
केही समयअघि उनी धनगढीकै मुस्लिम समुदायमा दङ्गा गराएको आरोपमा पक्राउ पर्ने भएपछि भागेर लुक्दै आएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थुनुवा कक्षमा राखिएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03