बझाङमा १४ किलो गाँजा र ७७ किलो कच्चा पदार्थसहित ३ जना पक्राउ
2023/11/28, 2:37
 
ss

बझाङमा १४ किलो गाँजा र ७७ किलो कच्चा पदार्थसहित ३ जना पक्राउ परेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिकामा १४ किलो गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खप्तड छान्ना गाउँपालिका(७ गोर्खालीका खड्कबहादुर खड्का, गोरखाको अजिरकोट गाउँपालिका(२ खरिबोटका ३८ वर्षीय सन्तोष गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका(३ का ५५ वर्षिय राम गुरुङ रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० भरत शाहले बताए । खड्काको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए।

शाहका अनुसार उनीहरुले खड्काको घरमा उद्योग नै खोलेर अवैध रुपमा गाँजाको कारोबार गर्दै आएको खुलेको छ । उनीहरुको साथबाट १४ किलो २१० ग्राम गाँजा, गाँजाको दाना र पातसमेत गरेर ७७ किलो ३०५ ग्राम कच्चा पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । गाँजा बनाउने काममा प्रयोग हुने प्लाष्टिकका ५ वटा बाटा, डिजिटल तराजु, कैंचीं, ब्लेड, कार्टुन टेप, रबरका पोका, गाँजा छान्न प्रयोग गरिने कपडा र प्याकिङ गर्न प्रयोग हुने प्लाष्टिकसमेत बरामद गरिएको छ ।उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।