धनगढी उपमहानगरपालिका परिसर अगाडी विद्यार्थी आन्दोलित
2023/11/29, 3:34
 
ss

धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन्। आवश्यक शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित बनेका हुन्। विद्यालयको गेटमा तालाबन्दी गरेर उनीहरु आन्दोलनमा उत्रिएका छन्।

विषयगत शिक्षकको माग गर्दै विद्यार्थीहरु धनगढी उपमहानगरपालिका परिसर अगाडी पनि आन्दोलन गर्न पुगेका छन्। दुई हजार तीन सय ८० विद्यार्थी अध्ययनरत सो विद्यालयमा शिक्षक नेत्र कडायतको पनि सरुवा भएपछि विद्यार्थी आन्दोलित बनेका छन्।

साइन्स विषयका शिक्षक कडायतको सरुवा भएपछि विद्यार्थी आन्दोलित बनेका हुन्। सो विद्यालयमा ९ जना शिक्षक कार्यरत रहेकामा एक जनाको सरुवा भएपछि अब ८ जना मात्र शिक्षक कार्यरत छन्। साइन्स पढाउने शिक्षकको नै सरुवा भएपछि विद्यार्थीले विरोध गरेका हुन्।