धनगढीमा प्रथम ‘रानाथारु भाषा साहित्य सम्मेलन’ हुदै
2023/12/02, 11:17
 
ss

कैलालीको धनगढीमा प्रथम ‘रानाथारु भाषा साहित्य सम्मेलन’ हुनेभएको छ। सम्मेलन यही मंसिर २३ गतेबाट सुरु हुनेछ। राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा धनगढीमा प्रथम ‘रानाथारु भाषा साहित्य सम्मेलन २०८०’ हुन लागेको हो।

आयोजक मञ्चले शनिवार पत्रकार सम्मेलन गर्दै ‘रानाथारु भाषा साहित्य सम्मेलन’ हुने जानकारी दिएको हो। आयोजकले सम्मेलनको तयारी पूरा भएको जनाएको छ। रानाथारु भाषाको संरक्षण,जगेर्नाका लागि रानाथारु भाषा साहित्य सम्मेलन गर्न लागिएको कार्यक्रम संयोजक पदमबहादुर रानाले बताए। उनले भने ‘संरक्षणको अभावमा भाषा नै लोप हुँदै जाने डर भएको छ’। ‘यसमा भएका शब्द,साहित्य,मौलिकता बचाइ राख्न दुईचार वटा गीत,कविता लेखेर गाएर मात्रै नहुने भएको छ’ उनले भने ‘यो भाषा साहित्य संरक्षणका लागि नेपाल र भारतमा रहेका रानाथारु भाषा बोल्ने सबैलाई बोलाएर बृहत रुपमा छलफल गरिनेछ’।


सम्मेलनमा नेपाल र भारतबाट समेत रानाथारू बुद्धिजीवी, रानाथारू भाषाका ज्ञातालगायतको उपस्थिति रहने आयोजकले जनाएको छ। सम्मेलनमा रानाथारू भाषाका गीत, कविता, साहित्यिक रचना वाचनलगायत रानाथारू भाषा लेखन पद्धति र व्याकरणको बारेमा गहन छलफल विश्लेषण तथा विविध लोक साँस्कृतिक प्रस्तुति एवं लोक स्रस्टाहरूको सम्मान गरिने जनाइएको छ। सम्मेलन धनगढीको रुवस होटलमा हुने छ।