कैलालीका बंगुरमा पहिलो पटक रेविज संक्रमण पुष्टि
2023/12/02, 11:40
 
ss

कैलालीका बंगुरमा पहिलो पटक रेविज संक्रमण भएको पुष्टि भएको छ।कैलालीको लम्की चुहा नगरपालिका–१० मा मरेको बंगुरको मस्तिष्कको बिहीवार नमूना परिक्षण गर्दा रेविज पाइएको हो।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले बंगुरमा रेविज अन्वेषण भएको यो पहिलो घटना भएको जनाएको छ। साथै बिहीवार नै कञ्चनपुरको बेलौरीबाट लिइएको स्यालको मस्तिष्कको नमूनामा पनि रेविज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले बताएको छ।

प्रयोगशालाका प्रमुख डा। नरेशप्रसाद जोशीले मारिएको बङ्गुरको नमुना प्रयोगशालामा ल्याएर परीक्षण गर्दा रेबिज पुष्टि भएको बताए। यसअघि बङ्गुरमा रेबिज फेला परेको मैले कहीँ पनि नसुनेको सम्भवतःनेपालमै पहिलो केस भएको उनले बताए। कुकुर र स्यालबाट रेबिज अन्य घरपालुवा जनावर र अन्य वन्यजन्तुमा सर्ने गरेको जनाइएको छ। यस्तै, कञ्चनपुरको बेलौरीमा एउटा स्यालमा पनि रेबिज पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ।