कञ्चनपुरमा इन्जिनियरमाथी कुटपिट गर्ने निर्माण व्यवसायी पक्राउ परेका छन् । कञ्चनपुरको लालझाडी गाउँपालिकाका इन्जिनियर कुट्ने निर्माण व्यवसायीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको हो।
प्रहरीका अनुसारलालझाडी गाउँपालिकामा कार्यरत इन्जिनियर रामप्रसाद अवस्थीलाई कुटपिट गर्ने निर्माण व्यवसायी ९ठेकेदार० भीमसेन राना पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले कुटपिटमा संलग्न ठेकेदारलाई पक्राउ गरी अहिले थुनामा राखेर अनुसन्धान भइरहेको बताए।
शुक्रबार रानालाई छलफलका लागि इलाका प्रहरी कार्यालय कञ्जमा बोलाएर नियन्त्रणमा लिएको हो। कञ्चनपुरका प्रहरी प्रवक्ता डाँगीले इन्जिनियर रामप्रसाद अवस्थीले निर्माण व्यवसायी राना बिरुद्ध उजुरी दिएपछि छानबिनका लागि पक्राउ गरिएको बताए। ठेकेदार रानालाई अभद्र व्यवहारमा इलाका प्रहरी कार्यालय बेलौरीस्थीत थुनामा राखिएको बताए।
गत सोमबार इन्जिनियर अवस्थीमाथि ठेकेदार राना समुहले कुटपिट गरेका थिए। गत बर्ष निर्माण व्यवसायी रानाको निर्माण कम्पनी कन्दकला कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले लालझाडी गाउँपालिका–२ कञ्जमा सडक कालोपत्रेको ठेक्का पाएको थियो।उक्त ठेक्कामा गुणस्तहीन काम भएको भन्दै इन्जिनियर अवस्थीले प्रश्न उठाएपछि कुटपिट भएको थियो। कुटपिट गरेको विषयलाई निर्माण व्यवसायी रानाले भने अस्वीकार गरेका छन्। योजनाको सुरुवाती चरणदेखि नै इन्जिनियर अवस्थीले आफूलाई दुःख दिएको र सोही विषयको छलफलका क्रममा सामान्य धकेलाधकेल मात्रै भएको उनको भनाई छ ।