धनगढीको मुख्य सडक २१ मिटर बनाउन थालियो
2023/12/02, 11:49
 
ss

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको मुख्य सडक चौडा बनाइने भएको छ । धनगढी चौराहादेखि कैलाली पुलसम्म सडक १५ मिटर चौडा थियो । अब सेटव्यागसहित २१ मिटर हुने भएको छ ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सडकको मापदण्डअनुसार २१ मिटर ९१५ मिटर र ६ मिटर सेटव्यागसहित० २१ मिटर सडकको क्षेत्राधिकार खाली गराउन तत्परता देखाएको छ । मुख्यमन्त्री कमलबहादुर शाह, प्रमुख सचिव हरिप्रसाद लम्साललगायत मन्त्रीपरिषद् कार्यालयले धनगढी चौराह–कैलाली पुल २१ मिटर सडक क्षेत्र खाली गराउने कामलाई अगाडि बढाइएको छ ।

शुक्रबारदेखि धनगढी उपमहानगरपालिकाको प्राविधिक टोलीले मुख्यमन्त्री एवम् मन्त्रीपरिषद्को कार्यालयसँग आवश्यक समन्वय गरेर पुनः २१ मिटर सडक क्षेत्र खाली गराउन सडकमा चिन्ह लगाउन सुरु गरेको छ । बढ्दो सवारी चाप र जनसङ्ख्यालाई मध्यनजर गरी धनगढी चौराहादेखि कैलाली पुलसम्म सडक चौडा बनाउने काममा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काममा तीव्रता दिने प्रयास भइरहेको उपमहानगरपालिकाले जनाएको छ।