पूर्व प्रधानमन्त्री ओलीद्धारा बयालपाटा अस्पताल अवलोकन
2023/12/03, 11:29
 
ss

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले शनिवार अछामको बयालपाटामा सञ्चालित न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको अवलोकन भम्रण गरेका छन् । अस्पतालको सेवा सुबिधाबाट प्रभावित भएका ओलीले अस्पतालले प्रदान गरिरहेको स्वास्थ्य सेवाको प्रसंशा गर्दै यस्तो प्रकारको मोडेल देशका अन्य ठाँउमा पनि लागु गर्न आवश्यक भएको बताए ।

पूर्व प्रधानमन्त्री ओलीले जनतालाई निशुल्क औषधी उपचारको व्यवस्था गर्न बयालपाटा अस्पताल झै अन्यत्र पनि यस्तै सेवा सुबिधा हुनु पर्ने बताए ।  अस्पतालले प्रदान गरिरहेको सेवाका बारेमा बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा।मन्दिप पाठकले अस्पतालले प्रदान गर्दै आएका सेवा सुबिधाका बारेमा पूर्व प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

न्याय हेल्थ नेपालका महासचिव डा। एसपी कलौनीले बयालपाटा अस्पतालको स्वास्थ्य सेवा मोडेलको बारेमा जानकारी दिए।  बयालपाटा अस्पतालले आम नागरिकलाई सम्पूर्ण स्वास्थ्य सेवा निशुल्क प्रदान गर्दै आएको छ । नेपालमा औषधी उपचार, शल्यक्रिया सहित सम्पूर्ण स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने बयालपाटा अस्पताल एक्लो अस्पताल हो ।