कैलालीको जानकी गाउँपालिकाका नापी सर्वेक्षक भारतमा मृत फेला
2023/12/03, 11:32
 
dd

कैलालीको जानकी गाउँपालिकामा कार्यरत नापी सर्वेक्षक ४१ वर्षीय रमण बम भारतको बेलरायाँमा मृत अवस्थामा फेला परेका छन्। उनका आफन्तका अनुसार दश दिनअघि घरबाट औषधी उपचार गर्न भनी गएका बम भारतको बेलरायाँ र सिंघाई नजिकै शनिबार मृत अवस्थामा फेला परेका हुन्।

उनका आफन्त महेन्द्रसिंह बमका अनुसार उनी बेला बेला उपचारका लागि भारत जाने गरेका थिए। ‘पटक पटक भारतमा उपचारका लागि जाने गरेको थियो, दश दिनअघि पनि उपचारकै लागि गएको हो’ बमले भने ‘शुक्रवार एक्कासी मोटरसाइकल भेटिएको खबर आयो, शनिवार शव नै फेला पर्यो।’ शवको पोष्टमार्टम् भारतको लखिमपुरमा गरेर शनिबार राति नै शव टीकापुर अस्पतालमा पुर्‍याइएको छ।