अत्तरियामा जेसिज सप्ताह सुरु
2023/12/04, 10:32
 
ss

कैलालीको गोदावरी नगरपालिका अत्तरियामा जेसिज सप्ताह सुरु भएको छ। आइतवारबाट अत्तरिया जेसिज वर्ष २०२३ को आयोजनामा जेसिज सप्ताह सुरु भएको हो।

जेसिजको केन्द्रिय कार्ययोजना अनुसार प्रत्येक वर्ष जेसिज सप्ताहको आयोजना गर्ने गरिएको छ। जसमा विभिन्न सामाजिक कार्यहरु गर्ने गरिन्छन। जेसिजमा आवद्ध व्यक्तिहरुले सप्ताह अवधीमा सामाजिक कार्यअन्तरगत ट्राफिक सचेतना, स्वास्थ्य शिविर, लागुऔषध दुव्र्यशनी, खेलकुद लगायतका अन्य विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्।

सप्ताहको पहिलो दिन मैत्रिपुर्ण भलिबल प्रतियोगीता आयोजना गरिएको थियो। सप्ताहको दोश्रो दिन तेघरीमा रहेको बनदेवी मन्दिरमा सरसफाई कार्यक्रम आयोजना गरिने जनाएको छ।

यस्तै तेश्रो दिन जनकल्याण सेकेन्डरी स्कुल तेघरीमा हाजिरीजवाफ प्रतियोगीता आयोजना गरिने, चौथो दिन अत्तरियामा रहेको पद्मा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिने, पाचौँ दिन अत्तरिया चोकमा घैँटो फोड प्रतियोगीता आयोजना गरिने, छैटौ दिन शिव मन्दिर परिषरमा वृक्षारोपण गरिने र सप्ताहको सातौ दिन समापन समारोह आयोजना गरिने अत्तरिया जेसिज वर्ष २०२३ का अध्यक्ष मान ऐरले जानकारी दिए। उनले जेसिजले बन्द कोठामा मात्रै नभई बाहिर निस्कीएर सामाजिक कार्यमा अग्रसर बन्नुपर्छ भन्ने दर्शाउन पनि प्रत्येक वर्ष जेसिज सप्ताह मनाउने गरिएको बताए।