
डडेल्धुरा बसपार्क नजिक माछा व्यवसाय गर्दै आएका एक जना व्यापारी मृत फेला परेका छन्। बगरकोट रोडमा रहेको अजयमेरु फ्रेस हाउसका संचालक ३५ वर्षीय शेर शाहु मृत फेला परेका हुन्।

फ्रेस हाउसको तल्लो तलामा उनको डेरा रहेको र शाहु आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए।
घटनाको थप अनुसन्धान भइरहेको र आफन्त आएपछि मुचुल्का उठाउने तयारी रहेको प्रहरीले जनाएको छ। मृत फेला परेका शाहुको घर अजयमेरु गाउँपालिका- ३ चनाली हो। उनी केही वर्ष यता सदरमुकाम बागबजार नजिक माछा काट्ने कार्य गरिरहेका थिए।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/17, 8:47
2020/12/02, 8:49
2021/07/07, 9:51
2022/03/12, 8:07
2023/04/09, 6:11