
धनगढी उपमहानगरपालिका ४ मा एक घरमा ८ तोला सुनका गहना र ४ लाख नगद चोरी भएको छ । पुजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय करन बानियाको घरमा चोरी भएको हो । सपरिवार बुधबार पुजाका लागि डोटी गएका बेला घरमा आईतबार घरमा पुग्दा चोरी भएको थाहा भएको बानियाले जानकारी दिए ।

चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दाराज फोडेर नगद र गरहना चोरी लगेको घरधनी बानियाले जानकारी दिए । आईतबार साझ घर पुग्दा चोरी भएको प्रहरीलाई जानकारी गराएपछि मुचुल्का तयार गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए । घरबाट सुनका गरहना ८ सुन तोला, तिन लाख नगद, ४ तोला चादी सामाग्री लगेको बताएका छन् ।
घरको ढोका तोडेर चोरी भएको बताईएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा चोरीको निवेदन दर्ता गराएर अनुसन्धान अगाडी बढाईने बताईएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04