आसरा सुधार केन्द्रको भौतिक पूर्वाधार मन्त्री देउवाद्धारा निरिक्षण
2023/12/05, 11:33
 
ss

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा सञ्चालनको तयारीमा रहेको आसरा सुधार केन्द्रको भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले निरिक्षण गरेका छन् ।  लागु औषधको दुव्र्यसनीहरुलाई गुणास्तरिय उपचारको व्यवस्था गर्न स्थापना हुन लागेको केन्द्रको सोमबार मन्त्री देउवाले निरिक्षण गरेका हुन् । 

सो अवसरमा मन्त्री देउवाले सुधार केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार, सामाग्री व्यवस्थापन लगायतमा प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले भने –‘यहाँ आवश्यक संरचना निर्माण गर्नका लागि प्रदेश सरकार आन्तरिक छलफलमा रहेको छ’ उनले भने –‘यसका लागि आवश्यक बजेट प्रदेश सरकारले व्यवस्थापन गर्ने छ ।’ धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबीच सो सुधार केन्द्र स्थापना गर्न सम्झौता भइसकेको छ ।

उपमहानगर प्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । सो केन्द्रमा दुई सय जना राख्न सक्ने गरि काम भइरहेको उनको भनाई छ । ‘बेडहरु तयार भइसकेका छन् । यो महिनाको अन्तिमसम्ममा समुदघाटन गरेर सञ्चालनमा ल्याइने छ’ उनले भने ।