सुदूरपश्चिमका मुख्यमन्त्री शाह र इजरायली राजदुतबीच भेटवार्ता
2023/12/05, 12:30
 
ss

सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह र नेपाल स्थित इजरायली राजदूत हानान गोडर गोल्डबर्गरबिच भेटवार्ता भएको छ । मंगलबार काठमाडौमा इजरायलमा वेपत्ता विपिनका बारेमा छलफल गर्न भेटबार्ता गरेका हुन् ।

राजदुत गोल्डबर्गरले मुख्यमन्त्री शाहलाई स्वागत गर्दै सुदुरपश्चिम बिश्वबिधालयबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रममा गएका बिद्यार्थी हमासको अक्रमणमा परि मृत्यु भएका प्रती ईजराईल सरकार निकै दुखी भएको बताए।   मुख्यमन्त्री शाहले  सुदुरपश्चिम बिश्वबिद्यालय अन्तर्गत अध्ययनका सिलसिलामा हमास आक्रमणमा परी ज्यान गुमाउनु परेका १० नेपाली विद्यार्थीका परिवारजनका लागि राहत र क्षतिपूर्तिका साथै ज्यान गुमाउने विद्यार्थीका परिवारजनलाई भेट्नको लागि अनुरोध गरेको सचिवालयले जनाएको छ ।

‘अहिलेसम्म बेपत्ता भएका कन्चनपुरका बिपिन जोशी तत्काल खोजबिन गरि सकुशल तत्काल उद्धार गर्न सबै सग पहल गर्न र   परिवारलाई राहत र क्षतिपूर्तिको ब्यवस्थापन गर्नु पर्ने’ उनले आग्रह गरेको सचिवालयका नृप सुनारले जानकारी दिए ।  साथै सुदुरपश्चिम प्रदेश सरकारले २०८० फाल्गुन २३ र २४ गते आयोजना गर्न गईरहेको सुदुरपश्चिम प्रदेश लगानी तथा बिकास सम्मेलनमा पनि इजरायली सरकारको साथ, समर्थन र सहयोगका लागि आग्रह गरिएको उनको भनाई छ ।