एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्
2023/12/05, 1:14
 
HGDHGAAAAAAAASD

नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय प्रतियोगिता एसईई आईडल(३ मा प्रदेश युवा परिषद्, सुदुर पश्चिम मुख्य प्रबर्द्धकका रुपमा जोडिएको छ । 

युवाहरुको चौतर्फि बिकासका लागि क्रियाशील प्रदेश युवा परिषद् सुदुर पश्चिम र एसईई आइडल आयोजक संस्था प्रभात मिडिया एण्ड ईभेन्टका बिचमा भएको सम्झैता अनुसार एसईई आइडलको तेस्रो संस्करणमा आयोजकले मुख्य प्रबर्धकको रुपमा प्रदेश युवा परिषद्को  साथ पाएको हो ।  

यस कार्यक्रमले सुप भरिका युवा विद्यार्थीहरुको क्षमताको प्रबर्धन गर्ने र युवाहरुमा डर लाग्दो तरिकाले मौलाईरहेको लागुपर्दार्थ दुर्व्यसनीबाट पनि युवाहरुलाई टाढा राख्न  केही हदसम्म मद्दत गर्ने हुनाले यस कार्यक्रमलाई साथ दिएको प्रदेश युवा परिद्ष सुदूर पश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताएका छन् । 

एसईई आईडलका सुपका ९ जिल्लाका ३० बढी स्थानहरुमा अडिसनहरु आयोजना हुनेछन् । जसमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् । यस बर्षको असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् । जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५/१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन् । 


दुवै विधाका विजेता र उप विजेताले क्रमशः रु. ५०/५० हजार र २५÷२५ हजार नगद सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् । 

अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी  तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ भने यस संस्करणका अडिसनहरु पनि आयोजना भईरहेका छन् ।