चिसोबाट जोगिन बिद्यार्थीलाई सेतीमा स्थानीयले निमार्ण गरे काठे पुल
2023/12/05, 2:27
 
ss

 बैतडीको न्वाघरीगाडमा पुल नहुँदा नदिबाटै आवतजावत गर्न बाध्य बिद्यार्थीका लागि स्थानीयले काठे पुल निमार्ण गरेका छन् । जिल्लाको सिगासमा गाउँपालिकामा पर्ने सो गाडमा पुल नहुँदा नागरिकहरूलाई नदिबाटै आवतजावत गर्न चिसो पानीले समस्या गरेपछि काठे पुल निमार्ण गरेको शिक्षक लक्ष्मी चन्दले बताइन् । 

सेती नदिमा बन्नेको काठे पुलमा सिगास ७, साङडा र थलार गाउँका विद्यार्थीहरु ज्यानको बाजी लगाएर विद्यालय जाने गरेका छन् ।सिगास–७, साङडा र थलार गाउँमा कक्षा ३ सम्मको मात्र विद्यालय भएकाले माथिल्लो कक्षा पढ्न यहाँका ४० भन्दा बढी विद्यार्थी न्वाघरी नदी तरेर करिब एक घण्टाको दूरीमा रहेको सिगास ६ मा रहेको गणेश माविमा धाउँदै आइरहेका छन् ।

विद्यार्थीलाई सोही गाउँकी शिक्षक चन्द भनीन् , ‘नदी तराएर गणेश मावि लैजाने र ल्याउने काम गर्दै आएका थिए चोसो बढ्यो स्थानीयले मिलेर काठे पुल बनाएको हो ।’ पक्की पुलका लागि पटक–पटक माग गरेपनि दुर्गममा बस्नेको कुरा कसैले नसुनेको शिक्षिका चन्दले बताइन् । न्वाघरीगाडमा बगेर तीन जनाको मृत्यु भइसकेको छ। २०३२ सालमा स्वीकृति पाएको गणेश माविमा हाल १५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कालुसिंह साउदले बताए । ४० जना विद्यार्थी सधैँ त्यही पुलबाट विद्यालय आउनेगरेको उनले बताए । 

पुलका लागि स्थानीय, प्रदेश र संघीय सरकारका जनप्रतिनिधिसँग माग गरेपनि कुनै सुनुवाइ नभएको नागरिकहरुको गुनासो छ ।  वर्षेनि यहाँ न्वाघरीगाड र सेती नदीको बाढीले घरखेत र हिँडने बाटो बगाउने गरेको छ । बाढीले बैतडीको सिगास गाउँपालिका–७ भौनेली पातलदेखि डोटीको आदर्श गाउँपालिका–६ पाङ बबिना जोड्ने पुल बगाएपछि अहिले यहाँका स्थानीय समस्यामा परेका छन् ।

डोटीको आदर्श गाउँपालिकासम्म यातायात पुगेकाले दैनिक उपभोग्य वस्तु किन्न पनि जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता रहेको स्थानीय भीमबहादुर चन्दले बताए । न्वाघरी गाडामा पुल निर्माण गर्न स्थानीय सरकारको अगुवाइमा संघ प्रदेश सरकारले सर्वेक्षण गरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए। उनले भने, ‘पुल निमार्णका लागि समस्या भएको छ अहिले प्रदेशले सर्वेक्षण गरेको छ बन्छ पुल ।’