सुदुरपश्चिम प्रदेश सभाको वैठक सभामुखद्धारा पेलेरै  संचालन,  प्रतिपक्षीको आवाज सुनिएन (भिडियो सहित)
2020/07/05, 11:30
 
sansad

सुदूरपश्चिम प्रदेशमा आईतवार आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने प्रस्ताव पेश गर्ने कार्यक्रम थियो । कार्यतालिका बमोजिम सभामुख अर्जुनबहादुर थापाले सो प्रस्ताव पेश गर्न मन्त्री बोहरालाई अनुमति दिइयो । यही बीचमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसको विरोध ग¥यो ।

रोस्टम घेराउ गर्दै नाराबाजी ग¥यो । तर, विपक्षी दलको आवाज न त मन्त्रीले सुने त न सभामुखले नै । मन्त्री बोहराले होहल्लाबीच नै भटाभट प्रस्ताव पेश गरे । सभामुख थापाले हल्लाकैबीच हुन्न भन्ने आवाज नसुनिएको भन्दै प्रस्ताव पारित भएको घोषणा गरे । योसँगै आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रस्ताव प्रदेशसभामा टेबुल भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल जसपाले प्रदेश सभाको अवरोध सिर्जना गरेपनि सभामुखले बैठकको कारवाही अगाडि बढाएका हुन । 

सभामुख थापाले अर्थमन्त्री बोहोरालाई आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथि सभामा छलफल गरी पारित गरिपाउ भन्ने प्रस्ताव टेबुल गर्न अनुमति दिए। प्रतिपक्षी दलले सरकार विरुद्ध नाराबाजी गरिरहेकै बेला अर्थमन्त्री बोहोराले छलफल प्रस्ताव सभामा टेबुल गरेका थिए । प्रस्ताव टेबुल भएपछि सभामुख थापाले प्रदेश सभाको अर्को बैठक असार २२ गते दिउँसो ३ बजेका लागि बोलाएका छन ।

प्रतिपक्षी दलले कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अवरोध सिर्जना गर्दै आएको छ । सोही अवरोधका कारण अहिले सम्म प्रदेश सरकारले अगामी वर्षका लागि ल्याएको बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । लगातार पाँच पटक अवरुद्ध भएको बैठक आज सभामुखले पेलेरै चलाएका हुन् ।