नेपाल अपाङ संघ कैलालीको अध्यक्षमा सिंह
2023/12/05, 5:26
 
ss

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र कैलाली जिल्ला शाखाको अध्यक्षमा दिपेन्द्र सिंह निर्वाचित भएका छन् । धनगढीमा सम्पन्न नेपाल अपाङ संघ खगेन्द्र नवजीवन केन्द्र कैलाली जिल्ला शाखाको जिल्ला अधिवेशनबाट सिंह निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाल अपाङ संघ खगेन्द्र नवजीवन केन्द्र कैलाली जिल्ला शाखाको अध्यक्षमा निर्वाचित दिपेन्द्र सिंह लामो समयदेखि विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहदै आएका छन् । फुटबलमा पनि उनी लामो समयदेखि आवद्ध रहदै आएका छन भने उनी राजनितिमा पनि सक्रिय रहेका छन् । 

सिंहको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएका छन् । संघको सदस्यहरुमा रमेशचन्द्र भण्डारी, शिवराज ओझा, गोविन्दवहादुर मल्ल, शेरसिंह खड्का, नन्दा भट्ट र नवराज पन्त निर्वाचित भएका छन् । संघको जिल्ला सदस्यमा निर्वाचित हुनेहरुमा राजेन्द्रप्रसाद जोशी, नरेन्द्रप्रसाद जैसी, नन्दराज भट्ट, अनिलकुमार मल्ल, तुलसी जोशी, नयनवहादुर केसी र भीम कुस्मी रहेका छन् ।