धनगढी ६ लेन सडकमा भारतीय गाडी दुर्घटना
2023/12/06, 11:33
 
ss

धनगढीको मोहना–अत्तरिया ६ लेन सडकमा भारतीय नम्बरको गाडी दुर्घटना भएको छ। मोहना–अत्तरिया ६ लेन सडक खण्डको भाट भटेनी अगाडी भारतीय गाडी गएराति दुर्घटना भई मिडियममा लगाएको तारजाली तोडीएका छन्।

तारजालीसहित २० वटा पोल भाचेर निकै अगाडि पुगेको गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ। मानवीय क्षति भने भएको छैन्। तारजाली तोड्ने भारतीय एम एच ४ सी टी ९६५४ नम्बरको गाडी नियन्त्रणमा लिइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।