अमेरिका पठाइदिन्छु भन्दै ६४ लाख ठगी गर्ने कैलालीका एकजना पक्राउ
2023/12/07, 5:19
 
fdy hgjhgkj

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै ६४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका १ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने वर्ष २८ को रमेश न्यौपाने रहेका छन्।

रमेशले गणेश अधिकारी समेत ५ लाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ४५ लाख रुपैयाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक तीन लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी जम्मा ६४ लाख ४५ पैतालीस हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रमेशको खोजतलास गर्ने क्रममा बिहीबार नयाँबानेश्वर सिभिल अस्पतालबाट पक्राउ गरेको हो। थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रहरीले जनाएको छ।