देशको अर्थतन्त्र मजबुत बन्दै छः प्रधानमन्त्री दाहाल
2023/12/08, 9:11
 
ss

प्रधानमन्त्री पुस्प कमल दाहालले बिग्रिएको अर्थतन्त्र सुधार हुँदै गएको बताइएका छन् । शुक्रबार कैलाली उधोग बाणिज्य संघद्वारा आयोजित सुदुरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बिस्तारै अर्थतन्त्रले गति लिइरहेको दावी गरेका हुन् । प्रधानमन्त्री दाहालले एनसिएल प्रकरणमा छानबिन शुरु भएको बताएका छन् । दाहालले अहिलेको ब्यवस्था जोगाउन सत्ता गठबन्धन र बिपक्षी दल एकढिक्का भएको समेत बताएका थिए । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र सुधारका लागी मौद्रिक नितिको कार्यदिशालाई लचिलो बनाएको बताएका छन् ।

दाहालले अब अर्थतन्त्रले गति लिने बताएका हुन् । मौद्रिक नीति ल्याउँदा ६ दशमलव ५ प्रतिशत नै राखिएको नीतिगत दरलाई पहिलो त्रैमासमा चलकता अपनाई ५ दशमलव ५ प्रतिशतमा झारिएको बताउँदै दाहालले यो काम सरकारकै पहलमा भएको दावी गरे । पहिलो त्रैमासमै राष्ट्र बैंकले मौद्रिक नीतिका प्रमुख औजारहरुलाई लचिलो बनाएर आगामी दिनमा ब्याजदर थप घट्ने संकेत दिए जस्तै प्रधानमन्त्री दाहालले केही महिनाभित्रै अर्थतन्त्र निकै गतीमा आउने दावी गरे । उनले हाल रेमिट्यान्स बढिरहेको र धेरै देशहरुको तुलनामा नेपालसंग सञ्चित बिदेशी मुद्रा बढी भएका कारण अर्थतन्त्र धेरै सुधारिएको दावी गरे ।

प्रधानमन्त्री दाहालले एनसिएल प्रकरणमा बिभिन्न गलत प्रचारबाजी भएपनि आफु दुवैबाट फर्किएर त्यसको निकास दिन खोजेको बताए । बिगतमा नेपाललाई छलेर एनसिएलले ढाँटिरहेको बताउँदै दाहालले यस पटक नेपालले मुद्धा जितेसंगै एनसिएल संगको जित भएको दावी गरे । सरकारले सोही छानबिनका लागी ५ सदस्यीय समिति गठन गरेको बताउँदै दाहालले समिति देशको पक्षमा निर्णय लिने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै दाहालले देशमा निराशा पैदा गर्ने अराजकताबादी हावी भएको बताए । आफु प्रधानमन्त्री हुँदा निकै डरलाग्दो स्थितीमा रहेको अर्थतन्त्र निकै सुध्रिदापनि केही गलत तत्वहरु जनतामा निराशा फैलाउने काममा मात्रै लागेकाले यस्ता तत्वबाट सचेत रहन आग्रह गरे । ब्यवस्था बिरोधी र अराजकताबादी बिरुद्ध सत्ता गठबन्धन र बिपक्षी दल एक भएको उनले स्मरण गराए ।

प्रधानमन्त्री दाहाललाई महोत्सव आयोजक कैलाली उधोग बाणिज्य संघले सुदुरपश्चिमका बिकास सम्बन्धी बिभिन्न १० माग सहित १० किलोको माला लगाएको थियो । सेती प्रादेशिक अस्पतालमा आइसियू स्थापना, क्षेत्रीय खेलकुद रंगशाला, विश्वविद्यालय स्थापना, अप्टिकल फाइबर विस्तार र दुग्ध प्रशोधन केन्द्रको स्थापना गरी पाँच बुँदा मागको सुनुवाई भइसकेको छ। अन्तराष्ट्रिय क्रिकेट रंगशाल, प्रदेश सभा सम्मेलन गृह, दोधारा–चाँदनी सुक्खा बन्दरगाह, प्रदेशस्तरीय पर्यटन केन्द्र निर्माण, गेटा विमानस्थल धावनमार्ग कालोपत्र तथा अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिनुपर्ने र सेती प्रादेशिक अस्पताललाई सुविधासम्पन्न बनाउने बुँदाहरु आंशिक रुपमा सरकारले सुनुवाई गरेको अध्यक्ष कुँवरले बताए ।

उधोग बाणिज्य संघको मागलाई सम्बोधन गरेका प्रधानमन्त्री दाहालले सबैभन्दा बढी सुदुरपश्चिमलाइनै प्रार्थमिकता राखेको बताएका थिए । सुदुरपश्चिम बिश्वबिद्यालय, गेटा मेडिकल कलेज लगायत आफ्नै पालामा स्थापना भएको दावी गर्दै दाहालले सुदुरपश्चिमका बिकासका काममा गति दिदै गेटा बिश्वबिद्यालय सम्बन्धी तत्काल संसदमा बिधेयक ल्याउने बताए । फाप्ला खेल ग्रामलाई समेत सरकारको गौरबको योजनामा राख्ने दाहालको प्रतिबद्धता थियो ।