सुदूरपश्चिम प्रदेश सभामा विपक्षीको नाराबाजी, सोमबारबाट बजेटमा छलफल सुरु हुने
2020/07/05, 12:34

सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले नाराबाजी गरेका छन् । बिरोधकै बीच सभामुखले बजेटसम्बन्धमा छलफल अगाडि बढाउनेबित्तिकै नाराबाजी भएको हो ।
प्रतिपक्षी दलले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरे पनि बजेटमाथिको छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको सभामुख अर्जुन बहादुर थापाले घोषणा गरे । असार १ गते प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षी दलको अवरोधका कारण पारित हुन सकेको थिएन ।
आइतबार सभामुख थापाले सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई बजेटमाथिको दफावार छलफलका लागि प्रस्ताव पेस गर्न समय दिएका थिए । छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको घोषणा गर्दै सभामुख थापाले संसद बैठक सोमबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।
सोमबारबाट बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयलका सचिव रामसिंह धामीले बताए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09