सुदूरपश्चिम महोत्सवको दोस्रो दिन आज शान्ति श्री परियार र प्रताप दासको प्रस्तुती
2023/12/09, 11:35
 
ss

सुदूरपश्चिम महोत्सवको दोस्रो दिन आज शान्तिश्री परियार र प्रताप दासको प्रस्तुती रहने भएको छ । कलाकार परियार र दाससंगै स्थानीय कलाकारहरुको प्रस्तुती आज महोत्सवमा रहने आयोजकले जानकारी दिएको छ ।

सांस्कृतिक संयोजक मिलन कुँवरका अनुसार स्थानीय कलाकारहरु डिग्रादेवि गाइने र राज केशव भट्टको प्रस्तुती रहने छ । यस्तै आज विद्यालय र क्लव स्तरीय नृत्य प्रतियोगिता गराइने उनको भनाई छ । शुक्रबारदेखि शुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ । यस बर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रर्दशनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन् । 

महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई १०० र विद्यार्थीलाई ५० टिकट निर्धारण गरिएको छ ।