परराष्ट्रमन्त्री कतार प्रस्थान, विपिन जोशीको रिहाइको पहल गर्ने
2023/12/09, 1:19
 
dd

परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन्। दोहा २१औँ सम्मेलनमा सहभागी हुन उनी आज ९शनिबार० बिहान ७ः४५ बजे कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।  परराष्ट्रमन्त्री साउदले आइतबार ९डिसेम्बर १०० मा कतारमा सुरु हुने दोहा २१औँ फोरममा सहभागी हुने क्रममा उच्चस्तरीय भेटमा इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ कुरा उठाउने बताइएको छ ।

उनले कतारमा समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका रहेको छ । मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।

यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए। परराष्ट्रमन्त्री साउदले शुक्रबारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए ।