धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसका तीन जना प्राध्यापकको राजीनामा माग
2023/12/11, 11:22
 
ss

कैलालीको धनगढी स्थित ऐश्वर्य बहुमुखी क्याम्पसका तीन जना शिक्षकको राजीनामा माग गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष कमल न्यौपानेलाई भौतिक आक्रमण, गाली– गलौच र धम्की दिएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले तीन शिक्षकको राजीनामा मागेको हो।

मङ्सिर २२ गते क्याम्पसमा पठनपाठन अवरुद्ध गरेर क्याम्पसकै एक जना प्राध्यापकको बिहेको भोज खान सम्पूर्ण प्राध्यापकहरू क्याम्पसको बस प्रयोग गरेर गएको र उक्त सामाजिक सञ्जालमा लेखेको भन्दै तीन जना प्राध्यापकले न्यौपानेलाई दुर्व्यवहार गरिएको स्ववियु अध्यक्ष कुबेर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। खड्काले जारी गरेको विज्ञप्तिमा तीनै जना प्राध्यापकलाई २४ घण्टा भित्र पदबाट राजीनामा दिन अल्टिमेटम दिइएको छ ।

अनेरास्ववियुले पनि एक विज्ञप्ति जारी गरेर क्याम्पस कमिटी अध्यक्षलाई कुटपिट गरेको भन्दै विज्ञप्ति जारी गरेको छ । अनेरास्ववियु क्याम्पस सचिव शैलेश बहादुर रावतले जारी गरेको विज्ञप्तिमा न्यौपानेलाई तीन शिक्षकले धम्की समेत दिएको भन्दै नैतिकताको आधारमा राजीनामा माग गरिएको छ ।