सुदूरपश्चिम महोत्सवमा आज रामजी खाँड, श्याम राना र बविता बानियाको प्रस्तुति
2023/12/12, 10:59
 
hjk[ppgft

सुदूरपश्चिम महोत्सवको पाँचौँ दिन आजपनी चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ। आज चर्चित लोक गायक रामजी खाँड लाइभ दोहोरी गायक श्याम राना र लाइभ दोहोरी गायिका बविता बानिया जेरी, इब्सु सञ्जाल आउने कार्यक्रम संयोजक मिलन कुँवरले जानकारी दिए ।

त्यसैगरी भिम बिष्ट, हेम राज अधिकारी, मनिषा बोहरा कलाकार छन् । कार्यक्रम उद्घोषण गायिका मञ्जु पौडेल रहने र स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने संयोजक कुँवरले जानकारी दिए ।मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । यस वर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रदर्शनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन् ।

महोत्सवको टिकट मोबाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।