सुदुरपश्चिम सरकारद्धारा हमासको आक्रमणमा मारिएका विद्यार्थीका परिवारलाइ राहत हस्तान्तरण
2023/12/12, 5:21
 
dd

सुदुरपश्चिम सरकारले इजरायलमा हमासको आक्रमणमा मारिएका सुदुरपश्चिमका विद्यार्थीका परिवारलाइ राहत रकम आज टिकापुरमा  हस्तान्तरण गरेको छ । प्रदेश सरकारले प्रति बिद्यार्थीलाई दुई लाखका दरले सात जना विद्यार्थीका परिवारलाई राहत रकम दिईएको हो ।     
 
सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह र नेपालका लागि इजरायलका राजदुतको उपस्थितिमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिबराज भट्टले राहत रकम मृतक बिद्यार्थीका परिवारलाई हस्तान्तरण गरे । सात अक्टोबरमा इजरायलमा हमासले आक्रमणमा सुदुरपश्चिम बिश्वबिद्यालयका दस बिद्यार्थीको मृत्यु भएको थियो । कञ्चनपुरका बिपिन जोशी अपहरणमा परेका थिए ।  

मारिएका दश मध्य सात बिद्यार्थी सुदुरपश्चिमका हुन । सुदुरपश्चिम सरकारले मृतकका परिवारलाइ राहत स्वरुप प्रति परिवार दुई लाख दिने निर्णय गरेको थियो ।  राहत रकम हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश सरकारले गरेको सहयोग थोरै भए पनि परिवारलाइ आवश्यक सहयोग गरेको बताए ।