कैलालीमा प्रदेश गौरव आयोजनाका सडक अलपत्र
2023/12/13, 3:58
 
dd

कैलालीमा प्रदेश गौरव आयोजनाका सडक अलपत्र अवस्थामा रहेको पाइएका छन्। सडक निर्माणमा सम्बन्धित निकायको बेवास्ता र ठेकेदारको लापरबाहीले गर्दा प्रदेश गौरव आयोजनाका सडक अलपत्र अवस्थामा रहेको पाइएका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको गौरव आयोजनामा उल्लेख आयोजना पाँच वर्षदेखि अलपत्र परेका हुन्। प्रदेश गौरव सडकअन्तर्गत ठेक्का लागेको तीन किलोमिटर सडक तीन वर्ष बितिसक्दा पनि बेससमेत निर्माण हुन सकेको छैन्। आर्थिक वर्ष २०७७र०७८ बाट ठेक्का लगाइएको भजनी ९छोटी भन्सार० देखि खिमडीमा पर्ने ठूलीगाडसम्मको सडक अलपत्र अवस्थामा छ।

प्रदेश सरकारले बौनिया बजारबाट उत्तरतर्फ तीन किलोमिटर सडक कालोपत्रे गर्न २०७७ साउन १८ गते ठेक्का सम्झौता गरेको थियो। ६० किलोमिटर लम्बाइ रहेको सो सडकको सम्पूर्ण लम्बाइमा काम गर्न गर्न एक अर्ब ४५ करोड रुपैयाँ लागत अनुमान गरेको थियो। यस्तै ७ करोड ७४ लाख ६८ लाखमा ठेक्का कबुल गरेको केएस टेडी मणिलेक जेभीले पूर्वाधार विकास कार्यालय कैलालीबाट सात करोड ९४ हजार भुक्तानी लिइसकेको छ।

निर्माण कम्पनीले निर्माण सम्पन्न गरी कार्यालयबाट भुक्तानी लिन ७३ लाख ७४ हजार मात्रै भुक्तानी लिन बाँकी छ। तर, निर्माणको काम भने चार वर्षमा बेससम्म मात्रै सम्पन्न गरेको छ। निर्माण कम्पनीको लापरबाहीका साथै जग्गा र एलाइनमेन्ट विवादका कारण निर्माण कार्य ढिलोसुस्ती भएको पूर्वाधार विकास कार्यालयले बताएको छ। कार्यालयका सबइन्जिनियर दुर्गा अवस्थीले पटक पटक निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गर्न ताकेता गर्दा बेस र पिचको काम बाँकी रहेको बताए।

अहिले बेस निर्माण गर्ने गिट्टी बोक्ने काम भैरहेको र दोस्रो पटक थप गरिएको म्याद फागुनमा सकिने उनको भनाई छ। तीन किलोमिटर सडकमा नाली, सबग्रेड, सबबेस, टेवा पर्खाल, कल्भर्ट निर्माणको काम मात्रै सम्पन्न भएको छ। प्रदेश सरकारले सो सडक निर्माण गर्न आर्थिक वर्ष ०७७/०७८ मा ४ करोड, ०७८/०७९ मा १ करोड, ०७९/०८० मा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ।

यद्यपि, यसै आर्थिक वर्षमा निर्माण सम्पन्न भएमा निर्माण कम्पनीलाई पौने ७४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ। प्रदेश र जिल्ला केन्द्रसंँग विभिन्न स्थानीय तहलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यका साथ प्रदेश सरकारको योजना थियो । प्रदेशका नौवटै जिल्लामा एकरएक वटा प्रदेश गौरवको सडक निर्माण गर्ने निर्णय गरेपनि सो सडक निर्माणमा प्रदेश सरकारले तत्परता देखाएको छैन । कैलालीको भजनी नगरपालिका, जोशीपुर, बर्दगोरिया र मोहन्याल गाउँपालिका जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनाअन्तर्गत निर्माणमा समेटिएको थियो।

भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख सबडिभिजनल इन्जिनियर रामचन्द्र खत्रीले अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नदिएकोले काम अगाडि बढाउन नसकिएको बताए। कैलालीमा तीन किलोमिटर ठेक्का लगाउने बाहेक अर्को काम हुन नसकेको अवस्थामा अन्य ८ जिल्लाका सडकमा प्रत्येक वर्ष ठेक्का लागेका सडक निर्माण सम्पन्न र नयाँ ठेक्का लाग्ने र थप सडकको डिपिआरसमेत भैरहेको बताइएको छ।