
कोरोना भाइरसको संक्रमण पुष्टि भएकी काठमाडौँकी महिला तीन दिन अघि कञ्चनपुरको महेन्द्रनगरबाट गएको खुलेको छ । संक्रमित ३३ वर्षकी महिलाले दिएको जानकारी अनुसार उनी वैशाख २९ गते महेन्द्रनगरबाट निजी गाडीमा काठमाडौँ गएकी हुन् ।

ती महिला चन्द्रागिरी नगरपालिकाको रहेको खुलेको छ ।
तर चन्द्रागिरीका मेयर घनश्याम गिरीले संक्रमित महिला आफूहरुको सम्पर्कमा नरहेको र बुझ्ने प्रयास भइरहेको बताए ।
ती महिला चन्द्रागिरीमा नगरपालिका मार्फत नभएर आफै परीक्षणका लागि पुगेको बताइएको छ । उनी अहिले टेकू अस्पतालको आइसोलेशन वार्डमा छिन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/03/02, 10:27
2021/07/20, 10:32
2022/04/06, 6:10
2021/02/07, 10:43