
सुदूरपश्चिम महोत्सवको अब ५ गतेसम्म सञ्चालन हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा भइरहेको महोत्सवमा तीन दिन थप गरि ५ गतेसम्म सञ्चालन हुने भएको हो।

महोत्सब सचिवालयका अनुसार सुदूरपश्चिम महोत्सव दर्शकहरुको मागलाई मध्यनजर गर्दै पुस ५ गते सम्म संचालन हुने जानकारी गराईएको छ। आज दिउँसो मात्रै एक लाख बढीले महोत्सव अवलोकन गरेको आयोजक कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बताए।
आज शनिवार महोत्सवको नवौँ दिन सबैभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको उनले बताए। महोत्सव जान हिडेका कतिपय दर्शकले टिकट नै नपाएको बताएका छन्। दर्शकको घुइँचोले महोत्सवस्थल प्रबेश गर्न पनी कठिनाई भैरहेको थियो ।उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ देखि पुस २ गतेसम्म महोत्सव गर्दै आएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15