कैलालीको घोडाघोडी मन्दिरमा ६८६ पशुपंक्षीनका बलि
2023/12/18, 11:45
 
strnyk

कैलालीको घोडाघोडी मन्दिरमा ७३० पशुपंक्षीनका बलि चढाइएको छ। घोडाघोडी नगरपालिका नगरस्तरीय भलमन्सा कार्य समितिका संयोजक बुधराम चौधरीले लवांगी पूजाका अवसरमा घोडाघोडी मन्दिरमा ६ सय ८० कुखुरा, ४ ओटा बाख्रा र २ ओटा बुंगुर गरेर जम्मा ६ सय ८६ पशु पंक्षिनको बलि दिइएको जानकारी दिए।

विगतमा थारु समुदायले मात्र बलि दिने गरिएकोमा पछिल्लो समय गैरथारुहरुले समेत मन्दिरमा बलि दिने गरेको भलमन्सा बुधराम चौधरीले बताए। “भाषा, धर्म, कला, संस्कृतिके करी सम्मान, घोरीघोरा मन्दिर थारुनके देउथानहे चिन्हैना हमार अभियान” भन्ने मूल नाराका साथ यही मंसिर २९ देखि पुस १ गतेसम्म घोरीघोरा लवाङगी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८० लागेको थियो।

घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाजको सहकार्य र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा घोरीघोरा लवाङगी पूजा तथा थारु सांस्कृतिक महोत्सव संचालन भएको थियो कैलालीका ८२ गाउँसहित कञ्चनपुर, दाङ, बाँके, बर्दिया लगायतका जिल्लाबाट समेत दर्शनार्थी आएको आयोजकले बताएको छ।